skip this

गोदावरी मेयरका लागि ८ उम्मेदवार सिफारिस

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्थानीय निर्वाचनका लागि ललितपुरको गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफरिस हुनेमा प्रदेश सांसदसमेत रहेका चेतनाथ सञ्जेल, गोदावरी सहइन्चार्ज गम्भीर राना, गोदावरी इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ,प्रदेश कमिटि सदस्य मिठाराम केसी, जिल्ला कमिटि सदस्य चरसुन्दर महर्जन, प्रदेश कमिटि सदस्य रघुनाथ महर्जन, पार्टी नगर कमिटि अध्यक्ष प्रभाकर थापा तथा स्थानीय नेता चित्रराज तिमल्सिना रहेका छन् ।

उपमेयरका लागि भने ८ जनाको नाम सिफारिस भएको छ । उपमेयरको सिफरिस हुनेहरुमा अनेमसंकी जिल्ला अध्यक्ष अन्नपूर्ण बस्नेत, जिल्ला कमिटी सदस्य प्रेमदेवी देशार, अनेमसंकी गोदावरी अध्यक्ष गौरी अधिकारी केसी, अनेमसं नगर कमिटि उपाध्यक्ष सबिना महर्जन नगर कमिटि सहसचिव रमी प्रधानाङ्ग र नगर सचिवालय सदस्य संगीता नापित छन् ।नगर कमिटी अध्यक्ष थापाका अनुसार जिल्ला कमिटीले नाम छाँटकाँट गरेर प्रदेशलाई सिफरिस गर्ने र प्रदेशले उम्मेदवार उठाउने बताए । उनले भने,‘वैशाखको पहिलो हप्तासम्म उम्मेदवार छनौंट गर्ने योजना छ ।’

nijgadh-supermart-adz1200-630