skip this farak Kura Pravakar

माधव नेपालका पितालाई प्रबल, प्रचण्ड पत्नीलाई प्रसिद्ध जनसेवाश्री

474 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : संविधान दिवसका असरमा ९०३ जनालाई मान-पदवी, अलंकार र पदकबाट विभूषण गर्ने घोषणा सरकारले आइतबार गरेको छ।
९०३ जनाको सूचीमा परेका व्यक्तिहरुका बारेमा विहानैदेखि चर्चा भइरहेकाे छ ।
     सूचिमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नीको नाम पनि समावेश भएकाे पाईएकाे छ ।
   माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ । उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ । त्यस्तै, प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।
   सीताले नेकपा माओवादीले सञ्चालन गरेकाे जनयुद्धदेखि लामाे समय सक्रिय राजनीति गरेकी थिईन् ।

nijgadh-supermart-adz1200-630