skip this

अनेरास्ववियु (क्रान्तिकारी) बाराको जिल्ला सम्मेलनबाट सन्दीप बने अध्यक्ष

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)बारा को १३ औं जिल्ला सम्मेलन आज कलैयाको होटेल करन राज पैलेसमा सम्पन्न भएको छ ।
सम्मेलनले सन्दीप यादवको अध्यक्षतामा सर्वसम्मत ५१ सदस्य जिल्ला समिती गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दीपेन्द्र यादब (दीपेन), सुमन खुलाल, सचिन कुशवाहा, सफार मंसूर, सचिवमा जुना घिमिरे, सह–सचिवमा कृष्ण मोहन सहनी, शशिकान्त चौधरी र कोषाध्यक्षमा शुशील कुमार माली र सह–कोषाध्यक्षमा अखिल पटेल चयन भएका छन् । सम्मेलनबाट ५१ सदस्यीय जिल्ला समन्वय समिती गठन भएको हो ।
अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रविकिरण यादव, नेकपा(माओवादी)केन्द्रका जिल्ला इन्चार्ज गोपाल ठाकुर, जिल्ला संयोजक क्षत्र बहादुर श्रेष्ठ, प्रदेश सदस्य शिवचन्द्र कुशवाहा, हरि चौलागाई, राजन पौडेल, प्रभु यादव, रविराज दंगाल, प्रदेश २ संयोजक सूर्यनारायण साह, अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य दिनेश यादवको विशेष उपस्थितिमा सम्मेलन उद्घाटन समारोहमा सम्पन्न भएको थियो ।
उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका जिल्ला सद्स्यहरु प्रेम बराल, मुकेश साह, जलाउद्दीन मंसूर, लालबहादुर पटेल, आबिद अंसारी, सरोज ठाकुर, उमेश यादव, राकेश यादव, सुरेश यादव, राजदेव पासवान, भरत भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
अनेरास्ववियु (क्रान्तिकारी) का निवर्तमान वर्तमान अध्यक्ष राजेश्वर कुशवाहाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

nijgadh-supermart-adz1200-630