skip this farak Kura Pravakar

पशुपतिमा सुवासचन्द्र नेम्वाङको अन्तिम बिदाइ

2.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि पार्थिव शरिरलाई पशुपति लगिएको छ । आज बिहान नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको हो ।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्याइएको छ । मंगलबार निधन भएका नेम्वाङको पशुपति आर्यघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । उनको अन्तिम विदाइको लागि ठूलो संख्यामा सुभेच्छुकहरु पशुपतिमा पुगेका छन् ।

nijgadh-supermart-adz1200-630