रिगलको आममाफीविरुद्ध परेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा
वि.सं.२०८० असोज १८ बिहीवार ११:४२
1.07K
shares

काठमाडौं। नेपालगञ्जका योगराज ढकाल‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।
वि.सं.२०८० असोज १८ बिहीवार ११:४२

















