फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुने
वि.सं.२०८० असोज १८ बिहीवार १२:३५

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा सञ्चालन भईरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुदैँछ ।
फ्याफुल्ला फुटबल क्लबको आयोजनामा निजगढ वडा नम्बर १३ फ्याफुल्ला फुटबल क्लबस्थित खेल मैदानमा हुने पहिलो खेल जीतपुरसिमरा २२ नयाँ वस्ती र पानी ट्याङ्की रतनपुर निजगढ ११ बीच दिउँसो १ः०० बजे प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै दोस्रो खेल जीतपुरसिमरा २१ सिद्धबाबा र निजगढ १० चिसापानी सी.वाई.सी. विच दिउँसो ३ः०० बजे प्रतिस्पर्धा हुने छन् ।
असोज १७ गतेदेखि कार्तिक २ गतेसम्म पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता बुधबार उद्घाटन भएको थियो । उद्घाटन खेलमा वनस्थली फुटबल क्लब सिंगौललाई २–० ले पराजित गर्दै योङ्ग स्टार लालले विजयी सुरुवात गदैै प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ ।
प्रतियोगितामा विजेताले ५० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
निजगढ नगरपालिकालगायत विभिन्न पालिकाहरु गरी २२ वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा लालको योङ्ग स्टार क्लबको विजयी सुरुवात
फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा सिंगौल र लाल खेल्ने
डम्बरपुरमा १७ असोजबाट पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने
वि.सं.२०८० असोज १८ बिहीवार १२:३५

















