skip this

कोशी प्रदेश: मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

870 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कोशी प्रदेशमा गठबन्धन दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।

माओवादी केन्द्र कोशी प्रदेशका सांसद पूर्व मन्त्री बाबुराम दाहाल आकाशले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए ।‘दलहरुको आन्तरिक बैठकले गरेको निर्णय गठबन्धन दलको संयुक्त बैठकले पनि अुनमोदन गरेको हो । यति बुझौं न गठबन्धन दलले अहिलेको सरकारलाई विश्वासको मत नदिने निर्णये छ,’ उनले भने ।कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

nijgadh-supermart-adz1200-630