निजगढ-८ मा सञ्चालित नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न
वि.सं.२०८१ असार ११ मंगलवार २०:३४
बारा– निजगढ ८ मा सञ्चालित नेतृत्व तथा क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ ।
एकता नेपाल संस्थाको आयोजना र निजगढ नगरपालिका कार्यपालिका लक्षित कोषबाट संचालित ८ दिने नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको हो ।
निगढ वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विशेष अथिति कार्यपालिका सदस्य पवित्रा सुनार, समाजसेवी सिद्धीलाल लामा, पेमा घ्याम्चो, टीका योन्जन, गोमि कुमारी, संस्थाकी सल्लाहकार टिकामाया बोम्जन, राजकुमारी सिटौला लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष लामाले तालिमको माध्यमबाट आफ्नो कुरा खुलेर राख्न सक्ने क्षमताको विकास भएको देखेर खुसी लागेको बताए ।
उनले आगामी दिनमा संस्थासंग सहकार्य गरेर कार्यक्रम अयोजना गर्ने प्रतिवद्धता जनाए ।
संस्थाकी अध्यक्ष धनमाया लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव पुजा कार्की र स्वागत संस्थाकी कोषाध्यक्ष पवित्राकुमारी चौलागाईले गरेकी थिईन् ।
कार्यपालिका सदस्य पवित्रा सुनारको पहलमा गुम्बाको सभाहलमा भएको तालिममा सहभागि ३० जना प्रशिक्षार्थीलाई प्रशिक्षक रेश्मी लामिछाने प्रशिक्षण दिएकी थिईन् ।
वि.सं.२०८१ असार ११ मंगलवार २०:३४