skip this

राष्ट्रियसभा मतदानको बेला सांसद हिमाली गोलेले फोटो खिचेपछि विवाद

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

राष्ट्रियसभा सदस्यका लागि जारी मतदानको परिणाम बुधबार बेलुका नै आउने भएको छ। सातै प्रदेश राजधानीमा जारी मत गणना मतदान सकिँए लगत्तै हुने निर्वाचन आयोगले जनाएको छ। चुनावमा प्रदेशसभाका एक सय नौ जना सांसद, प्रदेशका एक सय १९ स्थानीय तहका प्रमुख एवं उपप्रमुख गरी तीन सय ४६ जनाले मतदान गर्दैछन्।

देशभरि भइरहेका सबै राष्ट्रिय सभा निर्वाचनको परिणाम मंगलबार बेलुकसम्म आइसक्नेछ। खालि दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ। निर्वाचन हेटौंडा ८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान १० बजेबाट सुरू भएको हो।

राष्ट्रिय सभा सदस्य पदका लागि बागमतीबाट ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, एमालेका दुई जना र नेपाल मजदुर किसान पार्टीका दुई जनाबीचबाट दुई जना चयन हुनेछन्।

गठबन्धनले महिलामा नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाएको हो । प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यकाबीच चुनाव भएको हो । यस्तै, नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन्।

मतदानका बेलामा फोटो खिचिएको विषयमा सुरुमा विवाद समेत भएको थियो । माओवादी केन्द्र दोलखाबाट प्रतिनिधित्व गरेकी प्रदेशसभा सांसद हिमाली गोलेले भोट हालेको फोटो खिचेपछि मतदानस्थलमा विवाद भएको थियो । गोलेले भोट हालेर फोटो खिच्ने क्रममा प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले रोकेपछि दुवै जनाबीचमा भनाभन भएको हो ।

nijgadh-supermart-adz1200-630