skip this

प्रभु साहले घोषणा गरे आम जनता पार्टी ! १५१ केन्द्रीय कमिटि गठन

सातै प्रदेश ईन्चार्ज, अध्यक्ष चयन

2.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले आम जनता पार्टी घोषणा गरेका छन् ।
काठमाण्डौंको कोटेश्वरमा आम जनता पार्टीको केन्द्रीय समितिको बिस्तारित बैठकबाट प्रभु साहको अध्यक्षतामा १५१ केन्द्रीय कमिटि गठन गरिएको छ ।

पार्टीको सातै प्रदेश ईन्चार्ज, अध्यक्ष चयन गरेको साहका स्वकीय सचिव बालकृष्ण सापकोटाले जानकारी दिएका छन् ।

मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) को टिकट छाडेर प्रभु समूहले विभिन्न जिल्लामा स्वतन्त्र उम्मेदवार उठाएको थियो । सो समुहबाट प्रतिनिधि सभामा प्रभुसहित किरण साह निर्वाचित भएका छन् ।

सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने चर्चा भए पनि उनी पार्टी घोषणा कार्यक्रममा देखिएनन् ।

nijgadh-supermart-adz1200-630