शून्य समयमा सांसदले उठाए मलदेखि जलसम्मका समस्या
वि.सं.२०७९ जेठ २७ शुक्रवार १५:१२

काठमाडौं । सांसदहरूले वर्षायाम सुरुभएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएकामा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गरिन् । उनले भनिन्, ‘चट्याङ, बाढी पहिराले देशमा धेरै भू–भागमा धनजनको क्षति पुर्याइरहेको छ, सरकारको पूर्वतयारी, उद्धार तथा प्रभावकारी पुनःस्थापनाको कार्यक्रम छैन ।’
सांसद भूपेन्द्रबहादुर थापाले वर्षायाम समय सुरु भएर बाढी पहिरो आउँछ भन्ने थाहा पाउँदा-पाउँदै पनि पूर्व तयारी नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई उद्धार र राहतमा ध्यान दिन माग गरिन् ।
सांसद राजेन्द्रकुमार राईले धान रोप्ने समयमा किसान मल नपाएर अप्ठ्यारोमा परेका गुनासो गरे ।
वि.सं.२०७९ जेठ २७ शुक्रवार १५:१२
















