skip this

१२ औँ तहमा बढुवा भईन् डा. संगिता मिश्रा

2.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- सरकारले डाक्टर संगिता कौशल मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञमा डा. मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगले बढुवाको लागि डा. मिश्रासँगै डा टंकप्रसाद बराकोटीको नाम पठाएको थियो । यसअघि १४ असारमा स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्यको १२ औँ तहको रिक्त एक पदमा बढुवाका लागि डा. मिश्रा र बराकोटीको नाम सिफारिस गरेको थियो ।

 

nijgadh-supermart-adz1200-630