skip this

लिङ्देनलाई थापाको पत्र– मलाई भित्तामा पुर्‍याएर पार्टीलाई दुर्घटनामा नलैजानुस् (पूर्णपाठसहित)

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफूले उठाएका सैद्धान्ति, राजनीतिक र सांगठनिक विषयलाई उपेक्षा गरेर भित्तामा पुर्‍याउन खोजिएको भन्दै यसले पार्टीलाई दुर्घटनामा लैजाने चेतावनी दिएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनलाई लिङ्देनलाई सम्बोधन गर्दै थापाले आइतबार लिखित ध्यानकर्षण पठाएका छन् । उनले पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई सहभागी र जानकारी नगराएर योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको बताएका छन् ।

थापाले भनेका छन्– मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रिय कार्यसमितिको बैठकमा पेश गर्न तथा त्यसवारे आबश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु ।

nijgadh-supermart-adz1200-630