skip this farak Kura Pravakar

साझा सहकारी सञ्चालन गर्न माओवादीको दबाब :निजगढ नगरपालिकामा ज्ञापन–पत्र पेश

1.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीले निजगढमा बन्द अवस्थामा रहेको साझा सहकारी पुनः संचालनमा ल्याउन दबाब दिएको छ ।
निजगढ नगर वडा नम्बर ९ मा अवस्थित सहकारी कुनै पनि सर्तमा सञ्चालनमा ल्याउन र संस्थाको आज सम्मको आर्थिक अवस्था के कस्तो छ त्यो सार्वजानिक रुपमा निजगढका आमजनतालाई प्रष्ट्याउनु माग अघि सारेको छ ।
सस्थालाई यथाशीघ्र पुनः संचालनगर्न पर्ने एक सुत्रीय माग सहित सरोकारवाला र स्थानीय सरकारसंग माग गर्ने भन्दै गत साता निर्णय गरेको माओवादीले सोमबार नगरपालिकामा ज्ञापन–पत्र बुझाएको छ ।
माग सम्बोधन नभए निजगढ नगरभरीका आम कृषक सहित सडक आन्दोलन खबरदारी सहित आन्दोलित गर्ने चेतावनी दिएको माओवादीका नगर अध्यक्ष सन्तोष दंगालको नेतृत्वमा गएको टोलीले उपप्रमुख लिलादेवी लामिछाने खनाललाई ज्ञापन पत्र बुझाएको हो ।
अध्यक्ष सन्तोष दंगालको नेतृत्व नगर उपाध्यक्ष धनबहादुर खुलाल, छिरीड्ड दोर्जे बल, सचिव रमेश कुमार अर्याल, सहसचिव शेख अंजर, कोषाध्यक्ष जिरी माया बल, नेता दिपक खड्का, संगम लोप्चन, धनमाया लामा, विशन सापकोटा लगायतका समितिहरुको उपस्थिति रहेका थियो ।
नगर प्रमुख सुरेश कुमार खनाल जिल्ला बाहिर भएकाले उपप्रमुखलाई ज्ञापन पत्र बुझाउँदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको समेत उपस्थिति रहेको थियो ।
अध्यक्ष दंगालले निजगढमा लामो समय देखि बन्द अवस्थामा रहेको साझा सहकारी संचालन गर्न स्थानिय सरकारमा रहेका प्रमुख शक्ति तयार नभएको र सस्थामार्फत जनतालाई सेवा दिनुको साटो आफ्नो कार्यकर्ताबाट संचालित निजि एग्रो भेट मार्फत मल बिउ, बिजनको व्यापार गर्दै आएको आरोप लगाए ।
स्थानिय सरकारले साझालाई ओझेलमा पारेर जनताको दैनिकी माथी खेलेको रहेको बताए ।
अध्यक्षको दंगालले कसैको ब्यापारिक स्वार्थ पुर्तिको लागि साझा डुबाउने र ब्यक्ति पोस्ने अनि जनता लुट्ने खेल अब बन्द गरिएन भने सडक आन्दोलन देखि नगरपालिका घेराउ गर्ने समेत कडा चेतवानी दिए ।

nijgadh-supermart-adz1200-630