skip this

चट्याङ लागेर मन्दिरमा क्षति

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट । रौतहट जिल्लाको पश्चिमी भेगमा पर्ने फतुवा विजयपुर नगरपालिका वार्ड नं १० मा चट्याङ पर्दा जलेश्वर महादेव मन्दिरको बरन्डासहित फोनको टावर र मिटर बाकसमा समेत क्षति पुगेको छ ।
आईतबार बिहान करिब ७ः५० बजेको समयमा पानीसहित परेको चट्याङले दुधिअवाको थारु टोलमा रहेको जलेश्वर महादेव मन्दिर नजिकै सिडीएम फोनको टावरमा चट्याङ लागि नजिकै रहेको जलेश्वर महादेव मन्दिरमा क्षति भएको छ ।
चट्याङले मन्दिरको बरण्डामा क्षति पुगेको छ । चट्याङले स्थानीय राजु चौधरीको मिटर बक्स पनि पूर्णरूपले क्षति भएको छ । त्यस्तै बिजुलीको पोलमा रहेको भ्यापर बत्ति समेत नष्ट भएको छ ।

nijgadh-supermart-adz1200-630