सुनसरी दुर्घटना अपडेट : ट्रक चालक बाराको निजगढका युवकको जलेर मृत्यु
वि.सं.२०७८ माघ २२ शनिवार १०:५५

काठमाण्डौं । सुनसरीमा शुक्रबार राती ट्रक र बस ठोक्किंदा भएको दुर्घटनामा बाराको निजगढ–९ का २७ वर्षिय शेख फिरोजको मृत्यु भएको छ । उनी ट्रक चालक हुन् ।
दुर्घटनामा बस चालक पाँचथरका सुरेन राई र बसमा सवार एक जना पुरुषको मृत्यु भएको छ । उनको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र कार्कीले फरक नेपाललाई जानकारी दिए ।
जलेको अवस्थामा शव
भोक्राहा नरसिंह नगरपालिका–३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए ।
दुर्घटनापछि दुवै सवारीमा आगलागी भएको थियो । मृतकको शव सवारीभित्रै जलेको अवस्थामा निकालिएको थियो ।
ट्रक चालक शेख फिरोजका शेख अन्जरका अनुसार शरिरको ६० प्रतिशत भाग जलेरको छ । शरिररमा हात, खुट्टा नभएको अवस्थमा जिउ हेरेर शवको पहिचान गरिएको फरकनेपालसंगको फोनमा सुनाए । दुर्घटनामा ज्यान गईसकेकोपछि लागेको आगोले शव जलेको हुन सक्ने उनको अनुमान छ ।
शव आवश्यक प्रकृया पुरा गरेर घर लैजाने उनले जानकारी दिए । उनीहरु ईलाका प्रहरी कार्यालयमा धरानमा छन् । मृतक फिरोजका श्रीमती र दुई छोरा छन् ।
घटनाप्रति दुःख व्यक्त
फिरोजको दुर्घटनामा निधन भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निजगढले दुःख व्यक्त गरेको छ ।

मृत फिरोजका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संगठित सदस्य हुन् भने निजगढ नगरका सह–सचिव शेख अन्जरको साईलो भाई हुन् ।
पार्टी नगर अध्यक्ष सन्तोष दंगालले घटनाप्रति दुःख व्यक्त गर्दै सबैलाई स्तब्ध तुल्याएको जनाएका छन् ।
वि.सं.२०७८ माघ २२ शनिवार १०:५५

















