skip this

नेपाल विद्युत प्राधिकरण कर्मचारी मृत फेला

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बैतडी । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौँका ४५ वर्षीय मानसिंह रावत रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घर नजिकै मृत फेला परेका हुन् । रावतको मृत्युको कारण खुल्न सकेको छैन ।
रावतको शव अहिले परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630