skip this

सल्यानमा दुईजनाको मृत्यु

1.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सल्यान : सल्यानमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका र दार्मा गाउँपालिकामा भएका घटनामा दुईजनाको मृत्यु भएको हो ।
शारदा नगरपालिका–८ मालडाँडा बस्ने ७३ वर्षीय तेजबहादुर कुँवर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । एक्लै बस्दै आएका ती वृद्ध माघ १६ गते घरबाट निस्किएकोमा शनिबार बिहान मृत भेटिएको प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए ।
वृद्धका छोराहरूले माघ १९ गते कुँवर हराएको भन्ने थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा स्थानीय नयाँ सडक विस्तार गरेको ठाउँमा केही भाग माटोले पुरिएको अवस्थामा शव फेला परेको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पौडेले बताए ।
यस्तै दार्मा गाउँपालिका–३ डाँडागाउँमा रूखबाट लडेर एकजनाको ज्यान गएको छ । डाँडागाउँका ६८ वर्षीय लबे खत्री घाँस काट्दै गर्दा लडेर घाइते भएका थिए ।
शुक्रबार अपराह्न गाउँमै खन्यूको रूखबाट लडेर घाइते भएका खत्रीलाई घर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय शिव शाहीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630