एमसिसीविरुद्ध सत्तारुढ घटक जनमोर्चासहितका दलहरुले प्रदर्शन गर्दै
वि.सं.२०७८ माघ २६ बुधवार १३:०२

सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दैछन् ।
प्रदर्शनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल सहभागी हुने जनाइएको छ ।
ती दल र मोर्चाले देशैभरका सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले अपिल गर्दै आएका छन् ।
वि.सं.२०७८ माघ २६ बुधवार १३:०२
















