skip this

श्रीमतीसंग ‘यौनसम्वन्ध’ गरेको उजुरीपछी वकिल पक्राउ

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अष्ट्रेलियामा बस्दै आएका एक जना कानुन व्यवसायीलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट पक्राउ गरेको छ ।

प्रहरीको महिला सेल पुर्याइएका उनलाई बयानपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको र तीन दिन थुनिएपछि एक लाख रुपैयाँ धरौटीमा छुुटेको जिल्ला अदालत बबरमहलको प्रशासन श्रोतले बताएको छ ।

आफ्नै श्रीमतीसंग जवरजस्ती यौनसम्वन्ध गरेको अभियोगमा काठमाडौं विमानस्थल टेक्नासाथ समातिने वकिल खिलेन्द्रराज तिम्सिना हुन् । उनलाई दुई वर्षअघि श्रीमतीले इच्छाबेगर शारीरिकसम्बन्ध राखेको अभियोगमा गरेको उजुरको आधारमा पक्राउ गरेर अदालत पुर्याइएको हो ।

यसअघि अष्ट्रेलियन नागरिक बनिसकेका उनी उता पनि विवादास्पद भएपछि अष्ट्रेलियन सरकारले कारबाही गरेको छ । तिम्सिना अष्ट्रेलिताबाट आउँदै गर्दा माघ ७ गते अध्यागमनमा समातिएका हुन् ।

प्रहरीले बयान र अनुसन्धानपछि उनीविरुध्द माघ १० गते जिल्ला अदालत,काठमाडौंमा मुद्दा दायर गरेको थियो । माघ १२ गते उनी एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

nijgadh-supermart-adz1200-630