skip this

अन्नपूर्ण चिनी मिल दुई वर्षपछि सञ्चालनमा

2.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही : दुई वर्ष लगातार बन्द भएको सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग साेमबारदेखि सञ्चालनमा आएको छ ।
उद्योग सञ्चालन हुने/नहुने भन्ने अन्यौलतका बीच यस वर्षबाट भने ढिलो गरी भएपनि सञ्चालनमा आएको हाे ।
चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालनमा ल्याइएको हो ।
उखु क्रसिङ हुने
उद्योग सञ्चालनमा आएसंगै किसानले ल्याएको उखु क्रसिङ गर्न सुरु गरिने भएको छ । उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताका अनुसार किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन नसक्दा यो उद्योग अघिल्ला दुई वर्ष सञ्चालनमै आउन नसकेको हाे ।
उद्योगी परिवर्तन
अन्नपूर्णकाे सञ्चालक परिवर्तन भएकाे छ । नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । उद्योगले अधिकांश किसानको भुक्तानी गरिसकेको र कसैको भुक्तानी लिन बाँकी रहेको भए उद्योगमा आउन समेत आग्रह गरेको छ ।
जिल्लामा रहेको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले अहिले धमाधम उखु क्रसिङ गरिरहेका छन् ।

nijgadh-supermart-adz1200-630