काठमाडौंको डल्लुबाट ढलौटका मूर्तिहरुसहित २ जना पक्राउ
वि.सं.२०७८ फागुन ५ बिहीवार १२:५८
732
shares

काठमाडौं ।काठमाडौं महानगरपालिका–१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरू सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ ढाडे र रसुवा गोसाइँकुण्ड नगरपालिका–५ घर भएका २ जना १८/१८ वर्षीय किशोर रहेका छन् ।
मंगलबार बिहान महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा ज्याकेटभित्र लुकाई छिपाई ल्याएका उक्त मूर्तिहरू फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी गर्न नहुने कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १२:५८
















