skip this yams_Max_Hospital.jpeg

अखिल क्रान्तिकारी जीतपुरकाे माग :  कक्षा १२ का परिक्षार्थीलाई काेराेना खाेप

2.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा :  अनेरास्ववियु (क्रान्तिकारी) जीतपुरसिमरा उपमहानगर कमिटीले परिक्षार्थीहरुलाई काेराेना विरुद्धकाे खाेप लगाउने व्यवस्था मिलाउन माग गरेकाे छ ।
    अनेरास्ववियु (क्रान्तिकारी) ले कक्षा १२ का परिक्षार्थीलाई खाेपकाे प्रवन्ध मिलाउन जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय र इलाका प्रशासन कार्यालय सिमरा मार्फत जिल्ला प्रशासन कार्यालय बारालाई ज्ञापन पत्र बुझाएको छ ।
    अनेरास्ववियु (क्रान्तिकारी) जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष दिपेन्द्र यादवकाे नेतृत्वमा गएकाे विद्यार्थी नेताहरुले जीतपुर सिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा सह संयाेजक बाबुलाल सहनी र इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

   ज्ञपान पत्र बुझाउँदै अखिल क्रान्तिकारीका अध्यक्ष यादवले १२ कक्षाको परीक्षा तयारी गरिरहेका सबै परीक्षार्थीलाई कोभिड विरुद्धको भ्याक्सिन लगाएपछि मात्रै परीक्षा गरिने भनेर राष्ट्रिय परीक्षा बोर्डले भनिसकेको अवस्थामा जीतपुर सिमरा उपमहानगरपालिकामा परिक्षार्थीहरुलाई खाेप लगाउन कुनै तयारी नदेखिएकाेले ध्यानकार्षण गराइएकाे बताए ।
     राष्ट्रिय परीक्षा बोर्डले यही महिनाको अन्त्य वा असोजको पहिलो सातादेखि परीक्षा गर्ने तयारी गरिरहेको छ ।
     सबै परीक्षार्थीलाई भ्याक्सिन लगाइसकेको निश्चित गरेपछि बोर्डले परीक्षा लिने याेजना छ । तर जीतपुर सिमारा उपमहानगरपालिकाले विद्यार्थीलाई अहिलेसम्म भ्याक्सिनको व्यवस्था नगरिदिँदा आउँदो परीक्षा दिन पाउने हो कि होइन भन्ने चिन्ताले विद्यार्थीलाई पिरोल्न थालेको छ ।
      कक्षा १२ को परीक्षा तयारी गरिरहेका विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गरी विद्यार्थीको भविष्यमा खेलवाड अनेरास्ववियु (क्रान्तिकारी) ले चेतावनी दिएकाे छ।
  ज्ञापन पत्र बुझाउने कार्यक्रममा अखिल क्रान्तिकारी जीतपुर सिमराका उपाध्यक्ष शशिकान्त चौधरी, श्यामकुमार पासवान, सचिव तोप बहादुर श्रेष्ठ(रवि), कोषाध्यक्ष शुष्मा श्रेष्ठ, सह सचिव दिलशाद आलम, सदस्य प्रशांत बजगाई लगायतकाे सहभागिता रहेकाे थियाे । यस्तो छ ज्ञापन पत्र

nijgadh-supermart-adz1200-630