गहना चोरीको घटनामा दुई जना पक्राउ

वि.सं.२०७८ भदौ १९ शनिवार १७:३३

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको ढल्केबर बजारस्थित एक ज्वेलर्सबाट गहना चोरी गर्ने व्यक्ति र चोरिएको गहना खरीद गर्ने महिला पक्राउ परेका छन् ।
शुक्रबार मिथिला नगरपालिका ६ ढल्केबरस्थित गणेशलक्ष्मी ज्वेलर्सबाट चाँदीका गरगहना चोरी भएको थियो । उक्त गहना चोरी गरेको आरोपमा धनुषाको धनुषाधाम नगरपालिका–८ निवासी टक्करबहादुर मगरातीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
चोरी गरेको गहना खरीद गर्ने मिथिला नगरपालिका–४ पुष्पवलपुर निवासी ३५ बर्षीया सुरेखादेवी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १२ तोला चाँदी बरामद भएको छ ।
ज्वेलर्सबाट ४८ तोला चाँदी चोरी भएकोमा अन्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मगराती र यादवविरुद्व चोरी कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

वि.सं.२०७८ भदौ १९ शनिवार १७:३३