skip this farak Kura Pravakar

लाइसेन्सको ट्रायल भदौ २० देखि सुरु गर्न देशभरका कार्यालयलाई विभागको पत्र

666 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार गरिसकेको छ । विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ ।
लाइसेन्सको लागि आवेदन दिनेहरूको सङ्ख्या देशभरबाट ६ लाख पुगेको छ । यी आवेदकको परीक्षा नसकी नयाँ आवेदन नखुलाउने विभागको तयारी छ ।
लिखित र ट्रायल परीक्षाका लागि आवेदकले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गर्ने विभागले जनाएको छ ।

nijgadh-supermart-adz1200-630