रेडक्रस दिवस : निजगढमा ७२ जनाले गरे रक्तदान

वि.सं.२०७८ भदौ २० आइतवार २१:११
1.04K
shares

बारा (निजगढ) : रेडक्रस दिवसकाे अवसरमा बाराकाे निजगढमा आयाेजित खुला रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस साेसाईटी निजगढ उपशाखाकाे आयाेजनामा भएकाे रक्तदान कार्यक्रममा १५ जना महिलासहित ७२ जनाले रक्तदान गरेका हुन् ।
ग्लाेबल आई एमई बैंक निजगढ शाखाकाे सहयमेगमा भएकाे रक्तदान कार्यक्रममा नेपाली सेना, गाैरीशंकर क्याम्पसका विद्यार्थी र सर्वसाधारणले सहभागिता जनाएकाे रेडक्रसका रुद्र धितालले फरक नेपाल डटकमलाई जानकारी दिए ।
निजगढ उपशाखाका सभापति नारायण शर्माको अध्यक्षतामा भएकाे कार्यक्रममा निजगढ नगरपालिका स्वास्थ शाखा संयाेजक रमेश लामाकाे प्रमुख आतिथ्यता रहेकाे थियोे ।

वि.सं.२०७८ भदौ २० आइतवार २१:११