मोटु पत्लुको उत्पत्ती कसरी भएको थियो ?
वि.सं.२०७८ भदौ २१ सोमवार ०८:३३
सन १९६९ मा इन्डियामा हप्ताको एउटा हास्य पत्रीका हिन्दी भाषामा सञ्चालनमा आएको थियो जस्को नाम लोट्पोट थियो । लोट्पोट पत्रिका को मुख्य स्कृप्ट पात्रहरु हुन मोटु पत्लु र चाचा चौधरी जुन चाहिँ आफ्नो समयमा प्रसिद्ध पात्रहरु हुने गर्दथिए ।
त्यस्तै लोट्पोटको मोटु पत्लु देखि लियर { कसमस माया } नामक भारतिय एनिमेसन स्टुडियोले एउटा बच्चाहरुको कार्यक्रम बनाए जसको नाम उनीहरुले मोटु पत्लु नै राखिदिए र मोटु पत्लु एनिमेटेड श्रृंखलाको हरेक एपिसोड लेख्ने काम {निरज बिक्रम} ले गर्नु भएको हो ।
जसको पहिलो एपिसोडको नाम {जन बनेगा डन } थियो । १६ अक्टोबर २०१२ मा पहिलो पटक मोटु पत्लु कार्यक्रमलाई {निकलोडियन} भारतमा प्रसारण गरिएको थियो । जस्पश्चात, मोटु पत्लुले भारतिय बालबालिकाको सबै भन्दा ठूलो जनसंख्याको मुटुमा आफ्नो ठाउँ बसाउन सफल भए ।
मोटु पत्लु कार्यक्रमको प्लट
मोटु पत्लु फुरफुरीनगरमा बस्छन । कमलपुर र सुरसुरीनगर यस्को छिमेकी गाउँ हो । जतिबेला फुरफुरिनगरमा कुनै सङ्कट आउँछ तब त्यो सङ्कटको हल गर्नको लागि मोटु पत्लु जहिले पनि तयार हुने गर्दछन । मोटुले समोसा खाएपछी शक्ति प्राप्त हुन्छ जस्ले गर्दा मोटुले सबै सत्रु सङ्ग लड्न सक्छ । मोटु पत्लु श्रृंखलाको हरेक पात्रमा भारतिय स्वाद छ । आउनुहोस जानौ यो कार्यक्रमको मसालाको बारेमा ।
कार्यक्रमको पात्रहरु
• मोटु :- मोटु एउटा ४० बर्षको मोटो केटा हो, जसलाइ समोसा धेरै मन पर्छ । मोटुको नाप ५ फुट ३ इन्च र तौल ८० किलो छ ।
{ मोटु पत्लु इन एलियन वर्ल्ड } मा देखाईएको छ कि जब मोटु ५ बर्ष को थिए तब उनी आफ्नो बाबूबाट छुट्टिनु परेको थियो ।
• पत्लु :- पत्लु एउटा ३९ बर्षको पातलो केटा हो, जसलाइ चिया धेरै मन पर्छ । पत्लुको नाप ५ फुट ८ इन्च र तौल ५६ किलो छ ।
लोट्पोट हास्य किताबमा मोटु पत्लुलाई भाइ देखाइएको छ तर कार्यक्रममा यीनिहरुलाइ साथी देखाइएको छ ।
• डाक्टर झट्का :- डाक्टर झट्का एउटा ४५ बर्षको बैज्ञानिक हो र उनी नयाँ नयाँ आविष्कारहरु गर्ने गर्दछन् । डाक्टर झट्कालाई सुरुवाती एपिसोडहरुमा डेन्टिस्ट देखाइएको थियो तर पछि गएर यो बिचारलाई फेरिएको थियो ।
• जन :- यो कार्टुन श्रृंखलामा जन एउटा गुन्डा हो जस्को उमेर ४० सालको छ र उनको काम चोरी गर्नु र मोटु पत्लुलाई सताउनु हो । जनको भाइको नाम { स्वन } हो र डनको दुइ वटा चेलाहरु पनि छन जस्को नाम नम्बर वान र नम्बर टु हो । एउटा रमाइलो तथ्य पढ्नु होस अथवा सुन्नु होस { चिङ्ग्म कि गन } एपिसोडमा जनले चिङ्गमको बन्दुक चोरी गरे र आकाश माथी गोलि चलाए तर नरिवलको सट्टामा माथीबाट टमाटर झर्यो ।
• चिङ्गम :- चिङ्गम एउटा पुलिस अफिसर हो, उनको उमेर ४० साल हो र उनी एउटा साउथ इन्डियन हुन । उनको मन पर्ने खानाको नाम इड्लि, डोसा, साम्भर/ चट्नी र अन्य… हो ।
तपाइहरुलाइ यो त थाहा होला कि चिङ्गम जब आकाश माथि गोलि चलाउछन तब माथीबाट नरिवल झर्ने गर्छ तर एक पटक चिङ्गमले चन्द्रमाबाट गोलि चलाए ( तब सोच्नु के झरेको थियो ?) त्यतिबेला त्यहाँबाट पनि नरिवल नै झरेको थियो । अब तपाइहरु सोच्नु हुन्छ होलाकी यो कसरी हुनसक्छ ? वास्तवमा यसको एउटा सरल तथ्य छ यो एउटा फिक्स्नल कार्टुन श्रृंखला हो, जसमा जे पनि हुन सक्छ ।
तर यो सबै मसाला बाहेक कार्यक्रममा आफ्नो भुमिका निर्वाह गर्नु हुने पात्रहरु पनि जानौ ।
चिया, समोसा को पसल गर्ने चाय वाला भैया, मोटुको छिमेकि बक्सर, चिङ्गमको बाबू अथवा भनौ फुरफुरिनगरको कमिस्नर बबलगम, मोटुको बहिनी मुन्नी, मोटुको भतिजो छोटु र जनको ठूलो दाइ जनि या अन्य….
हिन्दी भोइस कलाकार
मोटुलाई आवाज दिने काम { सौरभ चक्रवर्ती } ले गर्नु भएको हो र तपाइहरुले यो कुरा जानेर अचम्ममा पर्नु हुन्छ कि मोटु लाई मात्र नभइ मोटु लगायत घसिटाराम, पत्लु, जन, चिङ्गम, बक्सर सबैलाई आवाज उहाँले नै दिनुभएको हो र डाक्टर झट्काको हिन्दि आजाव { ओमि शर्मा } को हो । यदि यसको अरु भाषाको कुरा गर्ने हो भने यसलाइ बाङ्ग्ला, कनेडा, तेलगु, तमिल, गुजराती, मलयालम र मराठी भाषामा पनि डब गरिएको छ ।
एपिसोड र चलचित्रहरु
१६ अक्टोबर २०१२ देखि आजसम्म मोटु पत्लु कार्टुन श्रृंखलाको कुल ४ सिजन्स र २०००+ एपिसोड बनिसकेकाे छ । यसको साथ साथै २३ चलचित्रहरु पनि रिलिज भईसकेका छन जस्मा पहिलो चलचित्र { मोटु पत्लु इन वोन्डर्ल्यान्ड } थियो र इनिहरुको अन्तिम चलचित्र { मोटु पत्लु डेन्जरस रोडस टि्प टु स्विजरल्यान्ड } थियो जुन चाहिँ २५ अक्टोबर २०२० मा रिलिज भएको थियो ।
के मोटु पत्लु वास्तविक जीवनमा छन त ?
मोटु पत्लु वास्तविक जीवनमा छन् अथवा छैनन् भन्ने कुरा सिधा सिधा भन्ने हो भने मोटु पत्लु कार्टुन श्रृंखला लोट्पोट हास्य किताबको एनिमेटेड भर्जन हो र लोट्पोट पत्रीकाको मोटु पत्लु पात्रहरु अमेरिकामा प्रसिद्ध { CLASSIC COMEDY DUO ACT } को दुइ वटा कमेडियन्स लरल र हार्डीबाट प्रेरित छन र अमेरिकामा COMEDY DUO कमेडिको एउटा यस्तो फर्म हो जसमा एउटै एक्ट्लाइ दुई कमेडियन्स एकैसाथ प्रदर्शन गर्ने गर्दछन र यो एक्ट्लाइ खासगरि स्टेज, टेलिभिजन र फिलम्समा प्रदर्शन गरिने गरिन्छ । त्यस्तै, सन् १९२० देखि १९४० को बिचमा स्ट्यान लरल र ओलिभर हार्डी इ दुई पात्रको कमेडी डुओ पुरै अमेरिकामा धेरै प्रसिद्ध हुने गर्दथ्याे । यीनै दुई व्यक्तिबाट नै प्रेरणा लिईर मोटु पत्लु पत्रीकाको सुरुवात गरिए थियो । नीष्कर्समामोटु पत्लु वास्तविक जीवनमा त थिएनन् तर वास्तविक जीवनमा भएका मानिसहरुबाट प्रेरणा लिएका थिए ।
मोटु पत्लु को सकारात्मक पक्ष
मोटु पत्लु मा हेर्ने हो भने Slapstik Comedy, Humor, FriendShip, Action यो सबै कुरा हरु छन्। जुन एउटा राम्रो Kids Animation मा हुनुपर्दछ र आवाज दिने काम पनि एक्दमै राम्रो सङ्ग गरिएको छ । बच्चाहरूका लागि यो सबै वास्तवमै एक उत्कृष्ट एनिमेसन कार्टुन हो र यो कार्टुन श्रृंखलाको उत्पादन गुणवत्ता पनि धेरै राम्रो भएकोले भारतमा मात्रै नभइ यसलाइ अरु देशहरु मा पनि प्रसारण गरिने गरिन्छ । जस्तै:- इन्डोनेसिया, बाङ्ग्लादेश, नेपाल, पाकिस्तान, सृलङ्का, भेत्नाम ।
मोटु पत्लु को नकारात्मक पक्ष
यो कार्यक्रमको नाममा नै शरिर सेमिङ गरिएको छ । मोटेलाई मोटु र पात्लेलाई पत्लु नाम दिइएको छ साच्चै नै राम्रो कुरा होइन । किन ? किनकी तपाईं जब कुनै मोटेलाई मोटु भन्नू हुन्छ भने उस्लाइ नराम्रो लाग्छ । त्यसैले यो टाइटल र मुख्य पात्रहरुलाई कुनै राम्रो नाम राखी दिन सकिन्थ्यो ।
संकलन : अंकित गाैतम
वि.सं.२०७८ भदौ २१ सोमवार ०८:३३