skip this farak Kura Pravakar

जिल्ला ट्राफिक प्रहरी कार्यालय छेउमा शव फेला, पहिचान खुलेन

354 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ) : जिल्ला ट्रफिक प्रहरी कार्यालय बाराकाे छेउमा एक पुरुषको शव फेला परेकाे छ ।
   निजगढ नगरपालिका-८ स्थित बकैया नागमणी सामुदायिक वन समुहकाे झाँडिमा अन्दाजी ५५ वर्षीय पुरुषको शव आइतबार बिहान फेला परेकाे हाे ।
   स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय निजगढकाे टाेली घटनास्थल पुगेर शवकाे मुचुल्का उठाएकाे थियाे ।
पहिचान खुलेन

मृतककाे पहिचान खुलेकाे छैन् । कालो वर्णको, दाह्री पालेको पुरुषको पहिचान नखुलेकाे प्रहरीले जनाएको छ ।
मानसिक राेगी
मृतक मानसिक राेगी भएकाे स्थानीयले जनाएका छन् । निजगढ बजार क्षेत्रमा उनी ओहोरदोहोर गर्ने गरेका थिए स्थानीयका अनुसार भोकका कारण झरीमा भिजेर मृत्यु भएको हुनसक्छ । उनी मागिखाने गर्दैआएका थिए ।
   शवकाे परीक्षणकाे लागि जिल्ला अस्पताल कलैयामा पठाएको छ ।

nijgadh-supermart-adz1200-630