skip this farak Kura Pravakar

सवारी चालक अनुमति पत्रको नयाँ आवेदन दशैँपछि

2.06K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि खुल्ने भएको छ ।
कोभिड–१९ कारण बन्द रहेको नयाँ आवेदन दशैँपछि मात्र खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भूसालले जानकारी दिए ।
‘तत्काल नयाँ आवेदन खुलाउँदा परीक्षार्थीले झण्डै १० महिना कुर्नुपर्ने हुन्छ’ भुसालले भने, ‘लाइनमा कुराउनुभन्दा बरु आवेदन पछि खुलाउने गरी तयारी गरेका हौँ ।’
उनकाअनुसार यसअघि ट्रायलको प्रतिक्षामा रहेकाहरूले गत भदौ २० गतेबाट परीक्षा दिइरहेका छन् । परीक्षार्थीको संख्या घट्दै जाने र नयाँ आवेदन दिनेहरूले छिट्टै पालो पाउने हुँदा दशैँपछि मात्र आवेदन खुलाइने उनको भनाइ छ ।
यसअघि पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।
यससँगै करिब ४ महिनापछि कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।
पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ६ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630