skip this

महिलाहरुको मागमा गम्भीर हुन अनेम संघ  (क्रान्तिकारी) निजगढ नगरको ज्ञापन पत्र

1.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ : अखिल नेपाल महिला संघ (क्रान्तिकारी) द्वारा महिलाहरुको समस्या समाधान को लागि देशैभरीका ७५३ पालिकाहरुमा ज्ञापनपत्र बुझाएको छ ।

निजगढ नगर कमिटिले पनि जन्युद्ध र जनअन्दोलनबाट प्राप्त महिला अधिकार  संविधानमा  स्थापित भइसकेपछि पनि स्थानिय तहहरुमा प्रभावकारी कार्यान्यन  नहुदा महिलाहरुको अधिकार सुनिश्चितताको लागि एघार बुदे मागहरु ज्ञापन पत्र मार्फत  निजगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद देवकाेटालाई बुझाएकाे हाे ।

 ज्ञापनपत्र बुझाउदै अनेमा संघ(क्रान्तिकारी) निजगढ नगर अध्यक्ष धनमाया लामाले संविधानमै महिलाहरुको अधिकार सुनिश्चित हुँदा समेत दिनप्रतिदिन महिला हिंसा बढ्दै गैरहेको र महिलाहरुको शिक्षामा समेत प्रभावकारी पहुच नहुदा सधै राज्यबाट उत्पीडित हुनु दु:खद रहेको भन्दै तत्काल स्थानिय सरकारले महिला अधिकार र मुद्दामा गम्भीर हुन सचेत गरिएको जानकारी दिए।

नगर अध्यक्ष धनमाया लामाको नेतृत्व गएको टाेलिमा नगर सचिव सिमा लोप्चन, सदस्यहरु अम्बिका सिग्देल, सबिना थापा, सलिना लामा, निर्मला घिसिङ्ग लगायत सहभागी थिए ।

ज्ञापनपत्र

nijgadh-supermart-adz1200-630