skip this yams_Max_Hospital.jpeg

बारीमा घाँस काटेको विषयमा विवाद हुदाँ चक्कु प्रहारबाट युवकको मृत्यु

642 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सुनसरीको इटहरी उपमहानगरपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजेतिर दुई छिमेकीबीच भएको सामान्य विवादले गम्भीर रूप लिँदा इटहरी–३ तालतलैयाका २३ वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    स्थानीय ६० वर्षीय देवीप्रसाद अधिकारीले चक्कु प्रहार गरेर गम्भीर घाइते भएका थापाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले जानकारी दिए ।
    बारीमा घाँस काटेको विषयमा अधिकारी र थापाबीच विवाद भएको सोही क्रममा अधिकारीले चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसिफ केसीले बताए ।
    सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाका अनुसार चक्कु प्रहार गर्ने अधिकारी पनि घाइते भएकाले उनको पनि धरानमै उपचार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630