skip this yams_Max_Hospital.jpeg

नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरुको टुङ्गो लगायो, आलेदेखि झाँक्रीसम्म मन्त्री बन्दै !

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ ।
स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
    स्रोतका अनुसार ५ जनाको नाम सिफारिस गरिएको छ । विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई बुझाइसकेको स्रोतको दावी छ ।
    मन्त्रीका लागि सिफारिसमा परेका एक नेताले भने, ‘कुरा यही हो । शपथ भएपछि निश्चित होला ।’ नेकपा एसबाट खतिवडाले नेतृत्व गर्ने चर्चा छ । तर मन्त्रीहरुको नाम सिफारिस भएको विषयमा आफूलाई औपचारिक जानकारी नआएको खतिवडाले बताए । उनले भने, ‘मैले अध्यक्ष कमरेडसँग कुरा गर्न पाएको छैन ।’
    तर उनले नाम सिफारिस भएको विषय अस्वीकार पनि गरेनन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अढाई महिना भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।
    सत्ता गठबन्धन दलहरुबीच राजनीतिक दलसम्बन्धी अध्यादेशमा किचलो हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
    प्रधानमन्त्री देउवाले एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । उता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले पनि सोमबारै स्थायी कमिटी बैठक गरेर मन्त्रिपरिषद् विस्तारको पहल गर्ने निर्णय गरेको छ ।
     राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको छ ।

nijgadh-supermart-adz1200-630