मोटरसाइकल पुलबाट नदीमा खस्दा तीन जनाको मृत्यु

वि.सं.२०७८ असोज १३ बुधवार १८:४२
1.08K
shares

काठमाडौँ : धनुषामा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
औरहीबाट जनकपुर आउँदै गरेको मोटरसाइकलमा दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
जनकपुरधाम उपमहानगरपालिका १८ भोइलस्थित जलाद नदीको पुलबाट ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक न्यौपानेका अनुसार सडक सतहभन्दा अग्लो पुलबाट खस्दा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो । मृतकहरुको पहिचान खुलेको छैन ।

वि.सं.२०७८ असोज १३ बुधवार १८:४२