निजगढको व्यस्त सडकमा ट्रिफर पार्किङ्गले दुर्घटनाको खतरा !
वि.सं.२०७९ असोज १० सोमवार ०९:५८

बारा–बाराको निजगढ नगरपालिकाका बस्तीमा प्रवेश गर्ने एक प्रमुख सडक मध्य एक हो–शहीद हिरालाल मार्ग । निजगढको वडा नं. ७, ८, ६, ५ र ४ संगै मकवानपुरसमेत जान प्रयोग हुने यो सडक व्यस्त सडक हो । अझ शहीद चोक आसपासको क्षेत्र व्यापारिक केन्द्र बनेको छ ।
सडक विस्तारका क्रममा शहीद चोककै मुख साँघुरो भएको चर्चा चलिरहेको बेलामा सो क्षेत्रमा जथाभावी पार्किङ्गले पैदल यात्रु र व्यवसायियलाई समस्या भएको छ ।
निजगढ शहीदचोक नजिकै सधैंजसो दिनभरि नै ट्रिफर पार्किङ्ग गर्दा त्यसले दुर्घटना समेत निम्त्याएको छ । निजगढका स्थानीय एवं पूर्व प्रधानाध्यापक श्याम शर्मा दाहालले सडकमा ठूलो गाडी राखिनाले दुर्घटनाको प्रबल सम्भावना रहेको बताउँछन् । उनले दशैंको भिडभाडको व्यस्त सडकमा यसरी पार्किङ्ग रोक्नुपर्ने बताए ।
सो क्षेत्रमा यसअघि पनि सवारी दुर्घटना भईसकेका बताए । ‘हिजोमात्र एक जना साइकल चालक झण्डै च्यापिएका थिए’, उनले भने–यसमा निजगढका सम्बन्धित पक्षको ध्यान बेलैमा पुगोस् ।’
वि.सं.२०७९ असोज १० सोमवार ०९:५८


















