skip this farak Kura Pravakar

अपडेट : काेल्हवी सवारी दुर्घटनाकाे विराेधमा आफन्तको प्रदर्शनपछि वार्ता सुरु

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराकाे काेल्हवीमा भएकाे सवारी दुर्घटनाकाे विराेधमा प्रदर्शन भएपछि स्थानीय प्रशासन र पीडित पक्षविच वार्ता सुरु भएकाे छ ।
   गए राती कार र मोटरसाईकल एक आपसमा ठोक्किदा कोल्हवी नगरपालीकामा दुई जनाको मृत्यु भएको थियाे ।
तामागढी-कोहल्बी सडकको जंगलमा भएकाे दुर्घटनामा कोल्हवी- २ पुरानो काटाँका ३८ वर्षिय पेमा दोर्जे घिसिङ्ग र ४० वर्षिय डेनि स्याङ्ताङ्को घटना स्थलमैं मृत्यु भएको थियाे ।  
मृतकका आफन्तले विहिबार बिहान कोल्हवी बजारमा प्रदर्शन गर्दै  बन्द गराएका थिए ।
   आफन्तले सनाखत नगरी लास उठाएको भन्दै  बजारको बिच चोकमा टाएर बालेर प्रदर्शन गरेपछि बजार अस्तव्यस्त बनाएको थियाे ।
     बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले अहिले काेल्हवी बजारकाे अवस्था सामान्य रहेकाे बताए । चाडबाडकाे बेलामा दुखद घटनाभएपछि आक्राेश हुन्छ नै उनले भने- केहिबेर विराेध प्रदर्शन भयाे, अप्रिय केही भएकाे छैन् ।
    स्थानीय नेता ढुण्डिराज उप्रेतीले पीडित पक्ष र प्रहरीबिच वार्ता भईरहेकाे बताए ।
      तामागढीबाट कोहल्वीतर्फ गईरहेको बा.११.च.४५११ नम्बरको कारले कोहल्बीबाट निजगढतर्फ आईरहेको ना.५९.प.१२७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुबै जनाको मृत्यृ भएको ईलाका प्रहरी कार्यलय कोल्हवीले जनाएको छ ।
दुर्घटनामा परि कारमा सवार तीन जना भने घाइते भएका छन् । कारका चालक कोल्हवी-२ भलुवाईखोरका ५० वर्षिय बद्री अधिकारी सामान्य घाइते भएका छन् । उनलाई ईलाका प्रहरीले नियन्त्रणमा लिएको छ ।
    कारमा सवार १८ वर्षिय रोहित पण्डितको टाउकोमा चोट लागेको छ ।
त्यसैगरी कार मैं सवार रौतहट बिजयपुर फतुवा बस्ने २५ वर्षिय विवेक चौधरीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरु सबैको कोहल्बीमा उपचार गरिएको छ । भने मृतकहरुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैयामा लगिएको छ ।

nijgadh-supermart-adz1200-630