skip this farak Kura Pravakar

मकवानपुरमा लडेर २ जनाको मृत्यु

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा- मकवानपुरका छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ ।

हेटौंडा-१२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको आज बिहीबार बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधबार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीरबाट लडेर मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630