skip this

निजगढ नगरपालिकाले अशक्तलाई अपाङ्गता परिचय–पत्र घरमै पु¥यायो

1.42K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ) : अशक्तलाई अपाङ्गता परिचय–पत्र घरमै पु¥याईएको छ ।
पूर्ण अशक्त अपांगता रहेको र सो कारणले गर्दा कार्यालयमा उपस्थित हुन सक्ने अवस्था नभएकालाई निजगढ नगरपालिकाले घरमै परिचयपत्र पु¥याउँदै आएको छ ।

सोमबार बाराको निजगढ–५ निवासी ४३ बर्षीय रूद्र प्रसाद घिमिरे तथा निजगढ–१० निवासी ५ बर्षीय बालक सुमन घलान हिंडडुल गर्न नसक्ने भएपछि घरमै परिचय पत्र पाएका छन् ।
उनीहरुलाई घरमा नै पुगी ‘क’ वर्गको अपांगता परिचयपत्र प्रदान गरिएको थियो ।
परिचय पत्र निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने र प्रमुख प्रशाकीय अधिृकत सुमन कुमार कार्कीले हस्तान्तरण गरेका थिए । कार्यक्रममा महिला तथा बालबालिका शाखाकी रोजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630