पानीमा डुबेर एक जनाको मृत्यु

573 shares

सुनसरी-सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बत्तिसआरडीस्थित सुनसरी– मोरङ सिँचाइ आयोजनाको नहरको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय वीरबहादुर थापा (हिमाल) रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासी खोज कार्यमा लागिपरेका थिए ।

बेपत्ता भएको करिब २ घण्टापछि एक किलोमिटर टाढा सेरेचौक नजिक शव भेटिएको थियो । शवपरीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।