`माेहि किर्ते´ आराेपमा जसपा बाराका पूर्वअध्यक्ष पटेल पक्राउ

वि.सं.२०७९ फागुन ३० मंगलवार १८:०९

बारा-माेहि किर्ते गरेको आरोपमा जनता समाजवादी पाटी (जसपा ) बाराका पुर्व जिल्ला अध्यक्ष अजय पटेललाई सिबीआइकाे टाेलीले पक्राउ परेकाे छ।
परवानीपुर गाउँपालिका-५ का ४५ वर्षिय पटेल मोहि नभएको जग्गामा मोही छ भन्नी किर्ते गरेको आरोपमा केन्द्रिय अनुसन्धान ब्युरोको (सि.बि.आई) टोलीले उनलाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
वर्षौ देखि हक भोग गर्दै आएको जग्गामा मोही छ भन्ने झुठो प्रमाण पटेलले दिएका कारण उजुरीको अधारमा उनलाई पक्राउँ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
पक्राउ परेका जसपाका पुर्व अध्यक्ष पटेलले करिव १० बिघाहा जग्गामा मोहि छ भनी किर्ते गरेको आरोप छ । सिबिआईको टोलीले जिल्ला अदालतबाट मुद्धा दर्ता गरी आवश्यक अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको छ ।

वि.सं.२०७९ फागुन ३० मंगलवार १८:०९