बारामा बिहेको भोजमा हतियार प्रहार गर्ने एक जना पक्राउ

वि.सं.२०७९ फागुन ३० मंगलवार २१:००
1.01K
shares

बारा–बिहेको भोज खाइरहेका व्यक्तिलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले बाराको फेटा गाउँपालिका–१ भलुही टोल बस्ने २० वर्षीय सुरज दासलाई पक्राउ गरेको हो। उनले सोही स्थानका रामविद्या महतोको घरमा विवाहको भोज खाइरहेको अवस्थामा २२ वर्षीय राजकरण दासको टाउकोमा हतियार प्रहार गरेका थिए।
सुरजले दासको पछाडिबाट फलामको धारिलो कैचीले प्रहार गरी घाइते बनाइ फरार भएको खबर पाएपछि खटिएको प्रहरीले उनलाई विश्रामपुर गाउँपालिका–१ छतवा टोलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता पुरुषोतम पाण्डेले जानकाारी दिए।
पक्राउ परेका सुरजलाई ज्यान मार्ने उद्योगमा अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पाण्डेले बताए।

वि.सं.२०७९ फागुन ३० मंगलवार २१:००