skip this yams_Max_Hospital.jpeg

अम्लेखगञ्जमा एकाविहानै बस-ट्रक जुध्याे ! दुवै गाडीका चालकसहित तीनले ज्यान गुमाए

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरास्थित अम्लेखगञ्जमा बुधबार बिहान २ बजे बस र ट्रक जुधेकाे छ ।

दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

काकड्भिट्टाबाट काठमाण्डौका लागि गुडेको बा ३-००१ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जांदै गरेको ना ७ ख ७३०० नम्बरको ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ट्रक चालक तनहु घर भएका २८ बर्षिया पुर्ण गुरुङ्ग,मकवानपुर हेटौंडाका बस चालक ४० बर्षिय हरि शम्शेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरिले जनाएको छ ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामन्य घाइतेको स्थानिय अस्पतालहरुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630