skip this

निजगढको लच्कामा दुई वटा मोटरसाइकल जुध्दा दुवै चालकको ज्यान गयो

मोटरसाईकल दुई टुक्रा, एक जना घाईते

6.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ नगरपालिका–९ स्थित भमरामा बुधबार दिउँसो मोटरसाइकल दुर्घटना भएको छ ।

विपरित दिशाबाट आएका दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१प ५४९७ नम्वरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

मृतक दुवै चालक

दुर्घटनामा मृत्यु भएका दुवै मोटरसाइकलका चालक हुन् । बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल बा ९७ प ९४४ नम्बरको मोटरसाइकलका चालक हुन् भने उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा र प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।

एक जना घाईते

दुर्घटनामा एक जना घाईते भएका छन् । बलले चलाएको मोटरसाइकलमा सवार २९ वर्षीया बाबुराम सुनुवार घाइते भएका हुन् । उनको निजगढ ९ देउराली पथस्थित निजगढ सामुदायिक अस्पताल उपचार भईरहेको छ ।

nijgadh-supermart-adz1200-630