विद्युत सर्ट भएर निजगढ ४ को चारघरेमा एक घरमा आगलागी हुँदा तीन लाखको क्षति
वि.सं.२०८० माघ १८ बिहीवार २२:११
2.6K
shares

बारा–बाराको निजगढ नगरपालिका वडा नं. ४ चारघरे टोलमा एक घरमा आगलागी भएको छ ।
स्थानीय हिराबहादुर तिमल्सिनाको घरमा साँझ पहुने ७ बजे विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीबाट घरभित्र रहेका नगद २५ हजारसहित भाँडाबर्तन, लत्ताकपडा, फर्निचर, महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ ।
आगो स्थानीयले घरेलु उपायबाट नियन्त्रणमा लिएका छन् ।
प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको छ ।
वि.सं.२०८० माघ १८ बिहीवार २२:११

















