प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स कम्पनी मधेस प्रदेश प्रमुख गुञ्जन थापालाई निजगढ शाखाद्धारा स्वागत
वि.सं.२०८२ साउन २३ शुक्रवार १३:३६

बारा– प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स कम्पनी लि.मधेस प्रदेश प्रमुख गुञ्जन थापालाई निजगढ शाखाद्धारा स्वागत गरिएको छ ।
मधेस प्रदेशकै उत्कृष्ट शाखाका रुपमा रहेको निजगढ शाखाले विहीबार नयाँ प्रदेश प्रमुख थापालाई स्वागत गरेको हो ।
कम्पनीको नियमित प्रक्रिया अनुरुप कोशी प्रदेशबाट मधेश प्रदेशमा सरुवा भएर आएका थापालाई निजगढ शाखा प्रमुख अमृता बस्नेत लगायत कर्मचारी र अभिकर्ताले खादा मालाले स्वागत गरेका हुन् ।
कार्यक्रममा शाखाकी कर्मचारी मुना बराल, रजु तिमल्सिना, सिनियर एजेन्सी म्यानेजर (एमडीआरटी) रुपा घलान, सिनियर एजेन्सी म्यानेजर सारदा विष्ट, उषा लामा मुक्तान, एजेन्सी म्यानेजर लक्ष्मी लामिछाने, दुर्गा बोलखे, रसिला गौतम, कृष्णा बुढाथोकी, प्रिज्मा घिमिरे, दुर्गा घिमिरे लगायत सहभागि थिए ।
वि.सं.२०८२ साउन २३ शुक्रवार १३:३६
















