आदर्श कोतवालका सामाजिक अभियन्ता प्रदीप कुशवाहा पक्राउ
बिना शर्त रिहाईको माग
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार ११:३६
1.45K
shares

बारा–बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका सामाजिक अभियन्ता प्रदीप कुशवाहालाई ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरीले “बार्ताको लागि बोलाई पक्राउ गरेको” भन्दै सामाजिक सञ्जालमा विरोध भईरहेको छ ।
घटनाप्रति स्थानीय समाजसेवी तथा सरोकारवाला नागरिकहरूले कडा आपत्ति जनाएका छन् । उनीहरूले स्थानीय सरकार प्रमुखको इसारामा प्रहरीले यस्तो दम्भ देखाएको आरोप लगाउँदै कुशवाहाको बिना शर्त तुरुन्त रिहाईको माग गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाराले गाउँपालिकामा भएको आगजनीको घटनाबारे अनुसन्धान गर्न नियन्त्रणमा लिएको जनाएको छ ।
कुशवाहसहितको युवाहरुको समुहले आदर्श कोतवाल गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार ११:३६

















