ज्योति विकास बैंक सिमरा शाखाद्वारा नेपाल राष्ट्रिय आधारभूत विद्यालय बजनीलाई १६ थान बेन्च सहयोग
वि.सं.२०८२ पुस १३ आइतवार १३:५०

बारा-ज्योति विकास बैंक सिमरा शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई १६ थान बेन्च हस्तान्तरण गरेको छ ।
बेन्च हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कार्यबाहक वडा अध्यक्ष माया विकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंक सिमरा शाखाका प्रमुख भरत आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण खनाल, समाजसेवीहरू जयकिशोर राउत, रामप्रसाद पौडेल, राजेन्द्र सुवेदी, कुमार सुवेदीलगायत समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । साथै शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले बैंकको सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै ज्योति विकास बैंकलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक दिनेश पराजुलीले गर्नुभएको थियो ।
वि.सं.२०८२ पुस १३ आइतवार १३:५०
















