skip this farak Kura Pravakar

विद्यालय खोल्न माग…!

804 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैँ । निजी विद्यालय सञ्चालकहरुले कोरोना भाइरस रोग (कोभिड-१९)को ओमिक्रोन भेरियन्टका कारण बन्द विद्यालय खुलाउन माग गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिनका लागि बोलाएको छलफलका क्रममा उनीहरुले यस्तो माग गरेका हुन् ।

बुधबार र बिहीबार मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग पौडेलले शैक्षिक सुधारका विषयमा सुझाव लिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन माग गरेका थिए ।

प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमै माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

संक्रामक रोग ऐन २०२० ले गृह र जिल्ला प्रशासनलाई मात्रै चिनेको बताउँदै ऐन संशोधन गरी समयानुकुल गराउन माग गरेको छ ।

छलफलमा मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।

nijgadh-supermart-adz1200-630