skip this farak Kura Pravakar

हेटौंडाका सर्वसाधारणलाई युवा संघकाे माक्स (फाेटाेफिचर)

579 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : काेभिड-१९ तेस्रो लहरसंगै दैनिक संक्रमित बढेकाे बढ्यै छ । संक्रमण फैलिन नदिन सरकारले स्वास्थ मापदण्ड बनाईएकाे छ ।
स्वास्थ मापदण्ड पालनामा हेलचेक्राइकाे कारण संक्रमण बढेसंगै विभिन्न व्यक्ति तथा संघ संस्थाले त्यसबारे जनचेतना फैलाउन थालेका छन् ।
आज हामी दिन्छौ भोलि देखि न छुटाई लगाउनु होस्, आफु पनि बाँच्नु होस् रअरुलाई नि बचाउनु होस् भन्दै राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कमिटीले शितलमहल चोकमा जनचेतना अभिवृद्धि गर्दै माक्स वितरण गरेकाे छ ।
युवा संघले सवारी साधन तथा पैदल चालक एवम् यात्रुलाई मास्क वितरण गरेकाे हाे ।
युवा संघका सामाजिक विभाग प्रमुख आरती पाठक, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज दिलु घर्ती, वडा कमिटीका अध्यक्ष मुकेश भुजेल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानू लामा, जनप्रतिनिधि जेएन श्रेष्ठ, युवा संघका नगर सचिव मनाेज चाैलागाईलगायत सहभागी थिए ।
हेर्नुस् तस्बिरहरू :

nijgadh-supermart-adz1200-630