मोटरसाइकलको भाइजरमा लुकाएर खैरो हिराेइन ल्याउँदै गरेका भारतीय नागरिक बारामा पक्राउ
वि.सं.२०७८ माघ १४ शुक्रवार २२:५१
2.36K
shares

बारा : प्रहरीले २१ ग्राम खैरो हिरोइनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी ग्राम पंचायत हरपुर-१२ ग्राम रामपुर बस्ने नन्का हुसेनको छोरा ३२ वर्षीय नबाब हुसेन रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर०५पी ६०४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागु औषध हिरोइन फेला परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश गुप्ताका अनुसार उनले मोटरसाइकलको भाइजरमा लुकाएर २१ ग्राम खैरो हिरोइन ल्याउँदै थिए ।
पक्राउ परकेा उनीमाथि लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ माघ १४ शुक्रवार २२:५१
















