skip this farak Kura Pravakar

अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने सरकारको निर्णय

1.15K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाडि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ ।
विमानस्थलमा काबुल छाड्न चाहनेहरुको भिड बढेको छ । त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरु कुन अवस्थामा छन् भन्ने थाहा हुन सकेको छैन ।
यसअघि सरकारले आइतबार अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ । त्यसका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको छ ।
अमेरिकी नेतृत्वको नेटो सैनिक फिर्ता गएपछि अफगानिस्तानमा विद्रोही समूह तालिवानले नियन्त्रण कायम गरेको छ । अफगानी राष्ट्रपति असरफ घानी पनि मुलुक छाडेर गएका छन् ।
धेरै देशले अफगानिस्तानमा रहेका आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । नेपालले भने अफगानिस्तानमा रहेका नागरिक उद्धार गर्न नसकेको भनेर सरकारको आलोचना भइरहेको छ ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630